विराटनगरले गुमायो पहिलो विकेट « Khabarhub

विराटनगरले गुमायो पहिलो विकेट


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा विराटनगरले पहिलो विकेट गुमाएको छ । खेलको २ ओभर ३ बलमा विराटनगरका इमरान शेख आउट भएका हुन् ।

मार्क वाटको बलमा दीपक डुम्रेको हातबाट क्याच आउट हुनुअघि उनले ५ रन बनाए । ७ बलको सामना गरेका उनले एक चौका प्रहार गरे ।

आफ्नो पहिलो खेलमा विराटनगर किंग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । उता कर्णालीले भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।

बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्‍यो ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : १८ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित