काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा विराटनगरले दोस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर २ बलमा विराटनगरका चरिथ असलङ्का आउट भएका हुन् । सोमपालको कामीको बलमा गुल्शन झाबाट क्याच आउट हुनुअघि उनले ६ बलमा ३ रन बनाए ।
आफ्नो पहिलो खेलमा विराटनगर किंग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । उता कर्णालीले भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।
बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्यो ।














प्रतिक्रिया