८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता « Khabarhub

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा ८७ रन बनाएका विराटनगरका लोकेश बम आउट भएका छन् । विराटनगरको चौथो विकेटका रुपमा बम पभेलियन फर्केका हुन् ।

खेलको १५ ओभर ५ बलमा सोमपाल कामीको बलमा उनी कट एण्ड बोल्ड भएका हुन् । ५२ बलको सामना गरेका उनले ३ चौका र ९ छक्का प्रहार गरे । उनको स्थानमा आन्द्रे रसेल आएका छन् ।

आफ्नो पहिलो खेलमा विराटनगर किंग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । उता कर्णालीले भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।

बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्‍यो ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ६ : २६ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित