प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो « Khabarhub

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका तल्लो क्षेत्रका किसान चिन्तित बनेका छन् । दशैँ सकिएसँगै पाकेको धान काटेर भित्र्याउने तयारीमा जुटेका किसान बेमौसमी चक्रवाती आँधीको प्रभावले मौसम धुम्मिएपछि समस्यामा परेका हुन् ।

भारत हुँदै नेपाल प्रवेश गरेको चक्रवाती आँधीको प्रभावले मौसममा फेरबदल भई वर्षा हुन सक्ने संकेत देखिएपछि वैतेश्वरका किसानलाई काटिसकेको धान जोगाउने र खेतमा पाकेर तयार भएको धान समयमै भित्र्याउने चटारो परेको छ ।

बिहीबार जिल्लाको बैंतीबेँसीका विभिन्न स्थानमा किसानहरू हतारहतार धान काट्ने, काटिसकेको धान चुट्ने तथा खेतबाट बोकेर ल्याउने र सुरक्षित ठाउँमा थन्क्याउने काममा व्यस्त देखिएका थिए।

धान खेती किसानको प्रमुख कृषि उत्पादन र जीविकोपार्जनको महत्त्वपूर्ण आधार भएकाले भित्र्याउने बेलामा मौसममा आएको परिवर्तनले उनीहरूलाई थप चिन्तित देखिन्थे।

लामो समयको मेहनत र लगानीपछि तयार भएको बाली वर्षाले भिज्ने, खेतमै ढल्ने , असिनापानी लाग्ने डर तथा भिजेको धान सुकाउन नपाउँदा गुणस्तरमा असर पर्ने जोखिम रहेको स्थानीय किसान ढालबहादुर कार्कीले बताए।

विशेषगरी काटेर खेतमै सुकाउन राखिएको धानमा पानी परेमा किसानलाई थप समस्या हुन सक्छ।मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबार धान नकाट्न अनुरोध गरे पनि त्यसअघि नै काटिसकेको धान सुरक्षित गर्न किसानहरूलाई भ्याइनभ्याई भएको छ।

मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै किसानले खेतमा पाकेको धान काट्ने वा काटिसकेको धान सुरक्षित स्थानमा पुर्‍याउने कामलाई प्राथमिकता दिएका छन्।

मुख्यगरी जिल्ला

को वैतेश्वर, मेलुङ, भीमेश्वर, तामाकोशी, गौरीशंकर ,कालिञ्चाेक र विगुको तल्लो भूभागमा धान खेती हुने भएकाले ती क्षेत्रमा मौसम परिवर्तनको प्रभाव पर्ने देखिएको छ। यी क्षेत्रका किसान यतिबेला धान भित्र्याउने तयारीमा रहेका छन्। वर्षा भएमा खेतमा रहेको धानसँगै काटेर सुकाउन राखिएको बालीमा समेत क्षति पुग्न सक्ने चिन्ता उनीहरूमा छ।

धान खेतीमा निर्भर किसानका लागि बाली भित्र्याउने समय निकै संवेदनशील मानिन्छ। मौसमको अवस्थाअनुसार धान काट्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काम गर्नुपर्ने भएकाले प्रतिकूल मौसमले कृषि कार्यतालिकामै असर पुर्‍याउन सक्ने वैतेश्वर गाउँपालिका कृषि स्नातक अस्विन कुमारले बताए।

किसानले मौसम पूर्वानुमानमा ध्यान नदिदा धान खेतीमा क्षति पुग्नसक्ने उनले सुनाए। मौसममा आएको अचानक परिवर्तनले यस वर्षको धान भित्र्याउने काम प्रभावित हुने हो कि भन्ने चिन्ता दोलखाका किसानमा बढेको छ।सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ७ : ०८ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा