तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो « Khabarhub

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाखभन्दा बढी भिडियो हटाएको छ ।

टिकटकले बिहीबार सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्मको प्रतिवेदनअनुसार नेपालमा कुल २० लाख ३६ हजार १९१ वटा भिडियो हटाइएको हो । यो अवधिमा नेपालबाट टिकटकमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हो ।

प्रतिवेदनअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको थियो। त्यस्तै, नियम उल्लङ्घन गर्ने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ। थप समीक्षापछि ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन्।

विश्वव्यापी रूपमा भने टिकटकले उक्त तीन महिनामा १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको प्रतिवेदनमा उल्लेख छ।

विश्वभर हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको थियो। त्यस्तै, ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो। थप समीक्षापछि ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुनःस्थापना गरिएका छन्।

टिकटकले यस अवधिमा विश्वव्यापी रूपमा १४ करोड ६८ लाखभन्दा बढी नक्कली खाता पनि हटाएको जनाएको छ। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्कामा २ करोड ६८ लाख ४० हजार ७६७ वटा खाता हटाइएको छ। कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा टिप्पणीसमेत हटाइएको प्रतिवेदनमा उल्लेख छ।

लाइभ प्रसारणमा पनि कडाइ

टिकटकले लाइभ सुविधामार्फत प्रसारण हुने सामग्रीको निगरानीलाई पनि प्राथमिकता दिएको छ। प्रतिवेदनअनुसार यस अवधिमा प्रकाशित लाइभ सामग्रीमध्ये २.४ प्रतिशत निलम्बन गरिएको थियो।

नियम उल्लङ्घनसम्बन्धी कारबाहीका क्रममा ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सत्र र २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ सामग्री निर्माता (क्रिएटर) माथि चेतावनी दिने वा आम्दानी गर्ने सुविधा हटाउनेलगायतका कारबाही गरिएको छ। थप समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सत्र पुनःस्थापना गरिएका छन्।

टिकटकले स्वचालित निगरानी प्रणालीको प्रयोगमार्फत नियम उल्लङ्घन गर्ने सामग्री पहिचान तथा हटाउने प्रक्रियालाई प्रभावकारी बनाउँदै लगेको जनाएको छ। प्रयोगकर्ता, सामग्री निर्माता र समग्र समुदायका लागि सुरक्षित तथा सकारात्मक डिजिटल वातावरण निर्माण गर्न यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ८ : ३२ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा