काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९।५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन बनाए । उनले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गरेका सोमपालले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले ५२ बलमा ८७ रन बनाए । उनको इनिङ्समा ३ चौका र ९ छक्का समावेश थियो ।
तर, लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगरले जित निकाल्न सकेन । कर्णालीले रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो प्रभाव कायम राख्यो ।
कर्णाली र विराटनगरबीचको प्रतिस्पर्धाका क्रममा मैदानमा देखिएका विभिन्न दृश्य, खेलाडीको प्रदर्शन र जितपछिको खुसीलाई तस्बिरमा हेर्न सकिन्छ ।
























प्रतिक्रिया