काठमाडौँ– नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सभापति गगनकुमार थापाको समुपस्थितिमा केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुने जानकारी दिए ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
पार्टीले तोकेको क्षेत्रमा खटिने काठमाडौँ उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । यस्तै, काठमाडौँ उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम मार्फत भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको जनाइएको छ ।














प्रतिक्रिया