म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध « Khabarhub

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्चित भएका हुन् । 

लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरूलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गरे। 

मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रसारण लाइनको विद्युत सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत भएकाले स्थानीयबासीहरुले घरमा मिटरबक्स जडान र वायरीङ गर्न बेवास्ता गरेका थिए । 

केन्द्रिय लाइनको विद्युत पुगिसकेकाले लघुजलविद्युत परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यविधीले नदिने भएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर मिटरबक्स जडान गरि विद्युत विस्तारमा पहल गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। 

गमखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दीर्घकालीन समस्या समाधानका लागि केन्द्रिय प्रसारण लाइनको विद्युत जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताए । गत जेठमै केन्द्रिय लाइन पुगेपनि खोरिया स्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : २८ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित