चितवनको गहुँमा नयाँ रोग « Khabarhub

चितवनको गहुँमा नयाँ रोग


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन–  जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । 

भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो ।

कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । 

कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् । 

अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उनले बताइन् । उनले भनिन्, ‘किसान समस्या लिएर कार्यालय आएका छन्, हामी फिल्डमा गएर अध्ययन गर्ने क्रममा छौँ, अध्ययनपछि मात्रै कुन रोग हो भन्ने पुष्टि गर्न सकिन्छ ।’ 

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरकी वैज्ञानिक सरस्वती न्यौपाने अहिले नै कुन रोग हो भनेर भन्न सकिने अवस्था नरहेको बताउँछिन् । 

विषयगत रुपमा अध्ययनको काम नगरी यही रोग भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताइन् । परीक्षणका लागि नमूना सङ्कलन गर्ने काम भइरहेको उनले बताइन् । जिल्लामा चार हजार ७११ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । 

गत वर्ष सो क्षेत्रफलमा १५ हजार ५७७ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

यस वर्ष गहुँ लगाउने ठाउँमा राज्माखेती पनि गरिएको पाइएकाले केही क्षेत्रफल घट्ने अनुमान गरिएको पौडेलले जानकारी दिइन् ।
 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ५० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र