कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न « Khabarhub

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । 

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो । 

उक्त सम्पन्न प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिए।

सो प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि बाँकेको कोहलपुर सवस्टेशनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सवस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए। उनका अनुसार बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइनेछ । 

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका संकेत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाईसमेत टावर नछुन तथा नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । 

साथै परीक्षणको क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ४४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग