भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ « Khabarhub

भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनाम र युरोपेली सङ्घ (ईयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई औपचारिक रूपमा उन्नयन गर्दै व्यापार, प्रविधि र सुरक्षाका क्षेत्रमा थप गहिरो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाको हनोई भ्रमणका क्रममा दुवै पक्षबीच भएको छलफलपछि सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्‍याइएको हो ।

प्रेस ब्रिफिङमा कोस्टाले भियतनाम र इयुबीचको सम्बन्धलाई अझ उच्च स्तरमा उकासिएको बताउँदै यसले दुवै पक्षको दीर्घकालीन हितलाई मजबुत बनाउने धारणा व्यक्त गरे। उनले यो उन्नयनले इयु–भियतनाम सहयोगको गहिराइ र विस्तार दुवैलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै व्यापार, हरित ऊर्जा, विकास अर्थतन्त्र, सुरक्षा र रक्षाका क्षेत्रमा अझ धेरै सम्भावना रहेको स्पष्ट पारे ।

यो समझदारी भियतनामको कम्युनिष्ट पार्टीले टो लामलाई देशको शीर्ष नेताका रूपमा पुनः पुष्टि गरेको एक हप्ता नबित्दै भएको हो । यसले देशलाई व्यापक विकास उन्मुख परिवर्तनतर्फ लैजाने उनको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरबाट समर्थन मिलेको संकेत दिएको छ ।

भियतनाम र इयुले सन् २०१९ मा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि द्विपक्षीय व्यापारिक आदानप्रदान झन्डै ४० प्रतिशतले वृद्धि भएको छ । यद्यपि इयुसँग भियतनामको बढ्दो व्यापार अधिशेषले केही युरोपेली नेताहरूलाई चासोमा पारेको छ, जसका कारण अटोमोबाइलजस्ता इयु उत्पादनमा रहेका गैर–कर अवरोध हटाउन आग्रह गरिएको छ ।

संयुक्त राज्य अमेरिकाले भियतनामी निर्यातमा नयाँ २० प्रतिशत भन्सार शुल्क लगाए पनि भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै क्षेत्रीय अर्थतन्त्रको उज्यालो पक्षका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । 

गहिरिँदो व्यापारिक अनिश्चितताका बीच भियतनाम संयुक्त राज्य अमेरिका र चीनबाहेक अन्य नयाँ बजार खोज्ने प्रयासमा रहेको देखिन्छ ।

गत हप्ता लामो समयपछि आयोजना गरिएको नेतृत्वस्तरीय सम्मेलनमा पार्टीले राष्ट्रिय सुरक्षा, आन्तरिक स्थिरता र विदेश नीतिलाई प्राथमिकतामा राख्दै भावी रणनीति तय गरेको थियो । इयुसँगको सम्बन्ध स्तरोन्नति अमेरिकाबाहेकका बजारमा निर्यात विविधीकरण गर्ने भियतनामको रणनीतिक प्रयासको एक हिस्सा भएको भियतनाम विज्ञ तथा बोस्टन कलेजका अतिथि विद्वान खाङ वुले बताएका छन् ।

उनका अनुसार भियतनाम खुला र स्थिर अन्तर्राष्ट्रिय व्यापार वातावरण कायम राख्न चाहन्छ र यसमा इयुले सहयोग पुर्‍याउन सक्नेछ । हाल भियतनामको चीन, रुस र संयुक्त राज्य अमेरिकासँग पनि व्यापक रणनीतिक साझेदारी कायम छ ।

सन् २०२२ यता भियतनामले करिब एक दर्जन देशहरूसँग समानस्तरका साझेदारीमा सहमति जनाएको छ । यसमार्फत देशले नयाँ बजार, ज्ञान र प्रविधि उपयोग गर्दै अन्तर्राष्ट्रिय भूमिकालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।

विश्वका प्रमुख शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने उद्देश्यले भियतनामले लामो समयदेखि आफ्ना नेताहरूले लचकदार सन्तुलन कूटनीति भनेर व्याख्या गर्ने व्यावहारिक विदेश नीति अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ५१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित