रसुवामा ट्राफिक कारबाही तीव्र « Khabarhub

रसुवामा ट्राफिक कारबाही तीव्र


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।
            
गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनर चालकलाई जनही एक हजारका दरले जरिवाना गरिएको छ ।
             
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म समग्रमा रसुवा प्रवेश गर्ने सवारीसाधनमध्ये ४७३ कारबाहीमा परेका छन् । 

कारबाही पर्नेमा  चीनको केरुङ जान र रसुवा घुम्न आएका सवारीसाधनमध्ये १५५ ट्रक, १८६ जिपकार, २७ बस, सात ट्याक्टर र ९८ मोटरसाइकल रहेका छन् ।
         
गत छ महिनाको अवधिमा ट्राफिक प्रहरीले सवारिसाधन कारबाहीबाट संकलन भएको जरिवाना रकम रू छ लाख ५४ हजार ५०० राजस्वमा दाखिला गरिसकेको जनाएको छ । यसै अवधिमा जिल्लामा ५५ सवारी दुर्घटना भएका छन्, भने ती दुर्घटनाबाट ५० जना घाइते भएको ट्राफिक प्रमुख नारायण खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ५९ बजे

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस 

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै