रसुवामा ट्राफिक कारबाही तीव्र « Khabarhub

रसुवामा ट्राफिक कारबाही तीव्र


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।
            
गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनर चालकलाई जनही एक हजारका दरले जरिवाना गरिएको छ ।
             
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म समग्रमा रसुवा प्रवेश गर्ने सवारीसाधनमध्ये ४७३ कारबाहीमा परेका छन् । 

कारबाही पर्नेमा  चीनको केरुङ जान र रसुवा घुम्न आएका सवारीसाधनमध्ये १५५ ट्रक, १८६ जिपकार, २७ बस, सात ट्याक्टर र ९८ मोटरसाइकल रहेका छन् ।
         
गत छ महिनाको अवधिमा ट्राफिक प्रहरीले सवारिसाधन कारबाहीबाट संकलन भएको जरिवाना रकम रू छ लाख ५४ हजार ५०० राजस्वमा दाखिला गरिसकेको जनाएको छ । यसै अवधिमा जिल्लामा ५५ सवारी दुर्घटना भएका छन्, भने ती दुर्घटनाबाट ५० जना घाइते भएको ट्राफिक प्रमुख नारायण खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ५९ बजे

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले