भारतले दियो नेपाललाई २ सय २० वटा गाडी « Khabarhub

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी साधनहरू प्रदान गरेको छ ।  

निर्वाचनका लागि नेपाल सरकारको आग्रह  अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो । 

बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए । 

अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधन सहयोग गरेको जानकारी दिए । भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधनमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए । 

यसपछि बाँकी रहेका सवारी सधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । 

केही दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : ५५ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,