दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई तीव्र बनाएको छ । पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समितिमार्फत् अभियानलाई तीव्रता दिएको हो ।
यी समितिका उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाइएको हो । एमालेका केन्द्रीय, प्रदेश र स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् ।
विगतका उपलब्धि र आगामी योजनाबारे उनीहरूले घरदैलोमा पुगेर जानकारी गराइरहेका छन् । यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत् एमाले सघन रुपमा मतदातामाझ पुगि रहेको छ ।
यही क्रममा कमल गाउँपालिकाको वडा-६ मा निर्वाचन परिचालन समितिसहित विभिन्न समिति गठन गरिएको छ ।

बिहीबार खयरवारीमा आयोजित भेलाले पार्टीका नेता मोहिनी खनाल संयोजक र नीलकण्ठ निरौला सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिको सचिवमा वडा कमिटी अध्यक्ष युवराज पाठक छन् । यस्तै देवेन्द्र पराजुलीको संयोजकत्वमा युवा, सुजिता गुरागाईंको संयोजकत्वमा महिला, टंक सापकोटाको अध्यक्षमा ज्येष्ठ र खोमनाथ निरौलाको संयोजकत्वमा बुद्धिजिवी परिचालन समिति समिति गठन गरिएको पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज दीपक खड्काले बताए ।
पालिकाभरनै टोल तथा वडा समिति गठन भइरहेको गाउँकमिटी अध्यक्ष हरि ढकालले बताएका छन् ।
खयरबारीमा आयोजित विस्तारित वडा भेला कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी थिए ।
त्यहाँ नेताहरू मणि भण्डारी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका वक्ताले आगामी निर्वाचनले राष्ट्रियता पक्षधर र राष्ट्र विरोधीको कित्ता छिनोफानो गर्ने बताए।
यस क्षेत्रबाट विगतदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएका छन् । काठमाडौंका पूर्वमेयर बालेन्द्र साहले चुनौती दिए पनि फागुन २१ को निर्वाचनमा एमालेको जीत सहज रहेको यहाँका मतदाताले दाबी गरेका छन् ।













प्रतिक्रिया