बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर « Khabarhub

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ग्रामीण क्षेत्रका महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवा दिने उद्देश्यले यहाँका सुर्नया र पाटनले स्वास्थ्य शिविरको आयोजना गरेका हुन् ।  

केही स्वास्थ्य संस्थामा यसअघि नै शिविर सम्पन्न भइसकेको र केही स्वास्थ्य संस्थामा शिविर सञ्चालनको तयारी भइरहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । सोमबार सिलङ्गा स्वास्थ्यचौकी र मङ्गलबारभूमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने उनले बताए । 

स्वास्थ्य संस्थामा सञ्चालन हुने शिविरमा पाठेघर खस्ने समस्या जाँच, उपचार र परामर्श, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सरको स्क्रिनिङ, प्रसप फिस्टुलाको स्क्रिनिङ, तल्लो पेटको दुखाइ हुने, सेतो पानी बग्ने समस्याको जाँच र उपचार, परिवार नियोजनको लामो अवधिको साधन इम्पलान्ट राखिने र  महिलाको निःशुल्क अल्ट्रासाउण्ड सेवा दिइने बताइएको छ ।

यस्तै सुर्नया गाउँपालिकामा आइतबारदेखि प्रजनन स्वास्थ्य शिविर सञ्चालन भएको छ । आज भूमिराज आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन भएको हो । 

यसैगरी चैत १६ गते गते शिखरपुर स्वास्थ्यचौकी, १७ गते शङ्करपुर स्वास्थ्यचौकी, २० गते रौलेश्वर स्वास्थ्यचौकी र २१ गते भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : १४ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख