हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति « Khabarhub

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्याएको छ । पोखरा र आसपासका क्षेत्रमा समान्यतः हरेक दिन साँझ हुरी तथा चट्याङसहितको वर्षाले विशेषगरी लहरे तरकारी, मकैबाली आदिमा क्षति पुर्याएको किसान बताउँछन् ।

१५ दिनअघि आएको असिनाका कारण तरबुजा, काँक्रोजस्ता लहरे बालीमा क्षति पुर्याएकामा केही दिनयता आउन थालेको हुरी तथा चट्याङसहितको पानीले तरकारीखेतीसँगै पशुधनमा समेत क्षति पुगेको पोखरा–३३ सुरौदीमा सञ्चालित तिखेढुङ्गा पशुपालन तथा कृषि फार्मका सञ्चालक रमेश आचार्यले जानकारी दिए ।

मङ्गलबार दिउँसोको हुरीसहित चट्याङ पर्दा फार्ममा पालिएको भैँसीको मरेको उनले बताए ।

कृषिमा केही गरौँ भनेर लागे पनि प्रकृतिजन्य जोखिमले आफूहरू समयसमयमा मर्कामा पर्ने गरेको जनाउँदै उनले किसानको पीडालाई राज्यले बुझ्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ९ : ०२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई