भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै « Khabarhub

भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलोपटक मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२५ अप्रिलमा प्रत्येक वर्ष अप्रिल २९ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सोहीअनुरूप राष्ट्रसङ्घका सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय तथा सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूलाई यसको स्मरणमा सहकार्य गर्न आह्वान गरेको छ ।

प्राकृतिक विपत्तिमध्ये भूकम्पलाई सबैभन्दा घातक मानिन्छ । म्यान्मा र अफगानिस्तानमा पछिल्लो समयका शक्तिशाली भूकम्पले पूर्वाधार ध्वस्त पार्नुका साथै समुदायलाई विस्थापित गरेको छ । यसबाट ती देशको दीर्घकालीन सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९०० यता कम्तीमा १२ वटा ठूला भूकम्पले प्रत्येकमा ५० हजारभन्दा बढीको ज्यान लिएको छ । विश्वव्यापी विपद् क्षतिमध्ये एक चौथाइभन्दा बढी हिस्सा भूकम्पजन्य क्षतिले ओगट्ने गरेको र पछिल्ला दशकहरूमा खर्बौँ डलर बराबरको आर्थिक नोक्सानी भएको छ ।

प्रत्यक्ष विनाशबाहेक भूकम्पले आगलागी, सुनामी र पहिरो जस्ता थप जोखिमसमेत उत्पन्न गराई आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा अकल्पनीय क्षति पुर्‍याएकाे छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १० : ४८ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट