गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान « Khabarhub

गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई  आधारभूत जीवन यापनका लागि अत्यावश्यक वस्तुहरूमा लगाइएका प्रतिबन्धहरू हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गरेका छन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गरेका हुन् । 

प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न र मानवीय सहायताको प्रवेश र प्रवाहमा लगाएका सबै प्रतिबन्धहरू हटाई सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन् । 

लामो समयको निरन्तरको द्वन्द्वले स्वच्छ पिउने पानी, खाना, खाना पकाउने ग्यास लगायतका अतिआवश्यक आपूर्तिको तीव्र अभावलाई औंल्याउँदै गाजाको अवस्था निकै गम्भीर रहेको उनले बताएका छन् ।

सन् २०२५ अक्टोबर देखि गाजामा युद्धविराम भएता पनि, यस क्षेत्रले कडा नाकाबंदी साथसाथै दैनिक इजरायली आक्रमणको सामना गरिरहेको छ जसको परिणामस्वरूप हजारौं नागरिक हताहत भएको जनाइएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : २० बजे

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि

नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब