एड्भेन्चर रनिङ महासंघले चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्ने « Khabarhub

एड्भेन्चर रनिङ महासंघले चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्ने


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ महासंघले यही वैशाख १९ गते चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्ने भएको छ ।  

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलको विकास र प्रतिभावान् खेलाडीहरू उत्पादन गर्ने उद्देश्यका साथ वैशाख १९ गते चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागिएको जनाएको हो । 

खुला महिला र पुरुषतर्फ ३६ किलोमिटर र २० वर्ष भन्दा मुनिका युवा महिला र पुरुषतर्फ ७ किलोमिटर दौडमा प्रतिस्पर्धा हुने प्रतियोगितामा २५० भन्दा बढी खेलाडीहरूले भाग लिने महासंघका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए  ।

चाँगुनारायण मन्दिरबाट सुरु हुने राष्ट्रिय ट्रेल रनमा त्रिशूल डाँडा, तेलकोट, पञ्चमहालक्ष्मी मन्दिर, मुहानपोखरी लगायतका हाइकिङ ट्र्याक रुटलाई समेटिएको उनले बताए ।

खुला महिला र पुरुषतर्फ ३६ किलोमिटर दौडमा प्रथम हुने खेलाडीलाई रु १ लाख, द्धितिय हुनेलाई ७५ हजार, तृतियलाई रु ५० हजार प्रदान गरिने खत्रीले बताए । 

त्यस्तै २० वर्ष भन्दा मुनिका युवा महिला र पुरुषतर्फ ७ किलोमिटर दौडको प्रथमलाई रु ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ४९ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन