इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता « Khabarhub

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच भेटवार्ता भएको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा राजदूत बासले संसदीय दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

भेटका क्रममा नेता आङ्देम्बेले राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका थिए। साथै, दुवै पक्षबीच नेपाल–इजरायल द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

इजरायली राजदूत बास नेपाली कांग्रेस संसदीय दलका नेतासँग भेटका लागि सिंहदरबार पुगेका थिए।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : २२ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार