कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप « Khabarhub

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ जना नेतासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले सम्बन्धित व्यक्तिहरूलाई ५ दिनभित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टिकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको हो।

स्पष्टीकरण माग गरिएका व्यक्तिहरूमा देवकरण प्रसाद कलवार (सन्तु), प्रदीप सुनुवार, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय रहेका छन्।

अनुशासन समितिका अनुसार उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोप लागेपछि स्पष्टीकरण माग गर्ने निर्णय गरिएको हो।

समितिका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले तोकिएको समयभित्र स्पष्टिकरण पेश गर्न सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : ०८ बजे

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल