समातिए जेन-जी युनाइटेडका नेता परियार, सार्वजनिक मञ्चबाटै भनेका थिए, ‘मठ-मन्दिरमा आगो लाइदिन्छौं’ « Khabarhub

समातिए जेन-जी युनाइटेडका नेता परियार, सार्वजनिक मञ्चबाटै भनेका थिए, ‘मठ-मन्दिरमा आगो लाइदिन्छौं’


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत धार्मिक भावनामा आघात पुग्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘मठ-मन्दिरमा आगो लाइदिन्छौं’ लगायतका अभिव्यक्ति दिएको अभियोगमा ती युवक पक्राउ परेका हुन्।

उक्त विवादित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

परियार भदौ २०८२ को आन्दोलनपछि गठित जेन-जी युनाइटेडका संयोजक पनि हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार हुँदा उनि सिंहदरबारतिर धाइरहन्थे ।

उनले त्यसबेला अर्थमन्त्री रामेश्वर खनालसहितलाई भेट्दै विभिन्न माग राखेर ज्ञापन पत्र बुझाउँथे। जेन-जी युनाइटेडका नाममा उनी बेला बेला उग्र भाषण दिन्थे। तर पछिल्लो पटक उनले सामाजिक र जातीय सद्‍भाव नै भड्किने अभिव्यक्ति दिएपछि प्रहरीले समातेको हहो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार धार्मिक सद्भाव बिग्रने खालका गतिविधि गरेको पाइएपछि परियारलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  १ : ३१ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको