‘सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन्छ’ « Khabarhub

‘सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन्छ’


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख भट्टले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने समेत बताए । 

वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै चयन गरेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मूलभूत विशेषता रहेको उनले बताए ।

सोही अवसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ पार्ने विश्वास व्यक्त गरे ।

उनले न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सबैमा उत्साह प्रदान गर्ने अपेक्षा रहेको धारणा राखे । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : ५७ बजे

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका