नेपाली कागजबाट बनेको फाइल बोकेर दौरा सुरूवालमा संसद् पुगे अर्थमन्त्री « Khabarhub

नेपाली कागजबाट बनेको फाइल बोकेर दौरा सुरूवालमा संसद् पुगे अर्थमन्त्री


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणका लागि नेपाली कागजबाट बनेको फाइल बोकेर संसद् भवन पुगेका छन् ।

बजेट भाषणका क्रममा सामान्यतया अरुबेला ब्रिफकेस बोक्ने चलन थियो तर यो परम्परालाई तोड्दै उनले नेपाली कागजबाट बनेको फाइल बोकेर संसद् पुगेको उनको सचिवालयले जनाएको छ ।

विगतमा अर्थमन्त्री रहेका वर्षमानपुन र विष्णु पौडेलले नेपाली अल्लोबाट बनेको ब्याग बोकेर संसदमा बजेट प्रस्तुत गरेका थिए । 

तर यसपटक वाग्लेले भने नेपाली कागजबाट बनेको फाइल बोकेका हुन ।

नेपाली उत्पादनलाई प्रबन्धन गर्न र सस्तो र सुलभ तरिकाले आफूहरूलाई प्रस्तुत गर्नका लागि वाग्लेले नेपाली कागज रोजेको उनको सचिवालय बताउँछ ।

सामान्यतया अरुबेला कोट र पाइन्टमा प्रस्तुत हुने अर्थमन्त्री वाग्ले यसपटक भने दौरासुराल र कोटमा संसद् भवन पुगेका छन् । उनले आज आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट भाषण गर्न लागेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ३ : ४७ बजे

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका