रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन « Khabarhub

रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि ३२ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन् ।

नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौँ रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ । 

सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विगतका  सरकारले जस्तै वर्तमान सरकारले पनि रासायनिक मलको उद्योग स्वदेशमा नै खोल्ने विषयमा अध्ययन गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ३२ बजे

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी