अमेरिका–इरान समजदारी पत्र अन्तिम होइन : इरान « Khabarhub

अमेरिका–इरान समजदारी पत्र अन्तिम होइन : इरान


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरानबीचको सम्भावित समझदारीको पाठलाई हालैका दिनमा परिवर्तन गरिएको र अझै अन्तिम नभएको जनाएको छ।

अज्ञात स्रोतले सम्भावित सम्झौताको बारेमा मिडिया रिपोर्टलाई खण्डन गर्दै भनेको छ केही विवरणहरू ‘गलत’ छन् । यसअघि अमेरिकी स्रोतले एएफपीलाई बताएअनुसार अमेरिका र इरान दुई देशबीचको युद्धविरामलाई ६० दिनका लागि लम्ब्याउने र स्थायी रूपमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न प्रारम्भिक रूपरेखामा पुगेका छन् ।

अमेरिकी समाचार साइट एक्सियोसले यसअघि सम्भावित अमेरिका–इरान सम्झौताले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक यातायात ढुवानी ‘अप्रतिबन्धित’ हुने र अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नो नौसैनिक नाकाबन्दी हटाउनेछ भनेर उल्लेख गरेको थियो।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ८ : ५६ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त