गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा « Khabarhub

गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज गुजारात टाइटन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। मुल्लाँपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

राजस्थानले १३ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १११ रन बनाएको छ । हाल १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी र रविन्द्र जडेजा क्रिजमा छन् ।

राजस्थानका लागि यशस्वी जायसवाल १, ध्रुव जुरेल ७, रियान पराग ११ तथा दासुन शनाका ३ रनमा आउट भएका छन् ।

यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। विशेषगरी युवा खेलाडी वैभव सूर्यवंशीमाथि सबैको ध्यान केन्द्रित छ। उनले एलिमिनेटरमा सनराइजर्स हैदराबाद विरुद्ध ९७ रनको विस्फोटक इनिङ्स खेल्ने क्रममा १२ छक्का प्रहार गरेका थिए।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ९ : ०५ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त