धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्ने बताएका छन् । 

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा दिएको शुभकामना सन्देशमा उनले बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको छ भने । 

उनले सन्देशमा भनेका छन्, ‘साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतीयोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध गराउन सङ्घ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेको छ ।’

मुख्यमन्त्री आचार्यले प्रविधिमैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य शृङ्खलाको विकासमार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेसाका रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागि परेको बताएका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १२ : ०६ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद