धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा « Khabarhub

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा, देशको भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति सम्मान र आभार व्यक्त गरेका हुन्।

उनले असार १५ केवल धान रोपाइँ गर्ने दिन मात्र नभई नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्ममा सीमित विषय नभई नागरिकको खाद्य सुरक्षाको सुनिश्चितता र संविधानको मर्मअनुसारको दायित्वसमेत भएको बताएका छन् ।

सभापति थापाले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राज्य, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय धान दिवसले कृषिप्रति सम्मान र उत्पादन वृद्धि गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : २८ बजे

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष