नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात « Khabarhub

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ । संघीय सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारामा सो दिवस मनाउने घोषणा गरेको छ । तर, सरकारले दुई दशकदेखि धान दिवस मनाउँदै आएपनि धान, चामल, धानको बिउमा भने राज्य परानिर्भर बन्दै गएको देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा नेपालमा १८ अर्ब ९५ करोड २४ लाख ७८ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ । साथै, सो अवधिमा १७ अर्ब २३ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको धान र १ अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँको धानको बिऊ आयात भएको थियो ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालमा २० अर्ब ३५ करोड ७१ लाख ४ हजार रुपैयाँको धानको बिउ, १ अर्ब १६ करोड ६६ लाख ८० हजा रुपैयाँको धानको बिउ, १८ अर्ब ३६ करोड ५ लाख ४० हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो । धान, धानको बिउ र चामल बाहेक पनि नेपालमा कनिका, चिउरा, भुजा लगायत धान चामलबाट बन्ने अन्य वस्तु पनि ठूलो परिमाणमा आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालमा धान उत्पादनको क्षेत्रफल घटेको छ । गत आर्थिक वर्षमा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएकोमा चालु आर्थिक वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टर क्षेत्रफल कायम भएको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा ४.२० प्रतिशतले धान उत्पादनमा संकुचन आएर ५७ लाख ५ हजार १ सय २५ मेट्रिक टन रहेको छ ।

कृषि मन्त्रालयले धान बलाीको क्षेत्रफलमा कमी आउनुको कारण पहाडी क्षेत्रमा भएको बसाइसराई, युवाहरूको विदेश पलायन र फलफूल तथा नगदेबालीको क्षेत्रमा भएको वृद्धि भएको जनाएको छ । जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले पनि धानबालीको क्षेत्रफलमा कमी आएको मन्त्रालयको बुझाइ छ । साथै, मन्त्रालयले खडेरीको कारण पनि चालु आर्थिक वर्षमा धानको उत्पादनमा कमी भएको जनाएको छ ।

आर्थिक सर्वेक्षणले २०८२ फागुनसम्म कृषियोग्य जमिनको ४४.६३ र सिँचाइयोग्य जमिनको ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जसले गर्दा अझै पनि कृषि योग्य जमिनको झण्डै ६५ प्रतिशत क्षेत्रफलमा सिँचाइको बिस्तार हुन सकेको छैन । तर, आगामी आर्थिक वर्षका लागि पनि सरकारले कृषि क्षेत्रको बजेटमा भने कटौती गरेको छ । जसले तत्काल केही वर्षमा धान बाली लगायतको कृषि क्षेत्रमा अपेक्षिता सुधार आउनेमा आशंका पैदा गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ३ : ०१ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध