झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो « Khabarhub

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफुविरुद्ध कुप्रचार भएको बताएका छन् । 

सोमबार काठमाडौमा आफूले लेखेको वैज्ञानिक समाजवाद की बहुदलीय जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफुविरुद्ध कुप्रचार गरेको बताएकी हुन् । उनले कुप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिए । 

आफु एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रुपमा नबुझ्न आग्रह समेत गरे । 

वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी विभाजनका लागि नभई नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ । 

खनालले अहिले कम्युनिष्ट आन्दोलनमा खडेरी लागेकाले विचार, नीति, सिद्धान्तमा बहस गरेर पुन बलियो आन्दोलनको रुपमा ल्याएरै छाड्ने उद्घोष गरे । 

उनले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिष्ट पार्टी चल्नै नसक्ने तर्क गरे । कम्युनिष्ट पार्टीलाई एकीकृत र  विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनले बताए । 

त्यस्तै नेकपा नेता भीम रावलले नेपालको राष्ट्रहितमा आघात पर्दा जनताको आवाजलाई संसदमा, सडकमा, कार्यक्रममा अभिव्यक्त गर्ने समाजवाद आवश्यक रहेको बताए । उनले पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउन नसक्ने धारणा राखे । 

रावलले विश्व साम्राज्य प्रभुत्व अन्तर्राष्ट्रिय वित्तीय शोषणबाट नेपाललाई बाहिर ल्याउने खालको समाजवाद आवश्यक रहेको उल्लेख गरे । 

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ४ : १६ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच