नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा « Khabarhub

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलन कमजोर हुनु र लोकप्रियतावाद हावी हुनुमा स्वयं कम्युनिष्ट नेतृत्व नै जिम्मेवार रहेको धारणा राखे।

उनले कम्युनिष्ट पार्टीले नेतृत्व गरेका ऐतिहासिक क्रान्ति, आन्दोलन र जनयुद्ध नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणका महत्वपूर्ण परिघटना भएकै कारण जनताले कम्युनिष्ट शक्तिलाई पटकपटक अवसर दिएको उल्लेख गरे। तर जनताले दिएको विश्वास र अवसरको सही सदुपयोग हुन नसक्दा वर्तमान अवस्था सिर्जना भएको उनको भनाइ थियो।

शर्माले कम्युनिष्ट विचारधाराका नाममा प्रयोग गरिएका सिद्धान्त र नारालाई जनताको जीवन र व्यवहारसँग जोड्न नेतृत्व असफल भएको टिप्पणी गरे। विचारलाई व्यवहारमा रूपान्तरण गर्न नसक्दा जनविश्वास कमजोर बन्दै गएको उनको भनाइ थियो।

उनले मुलुकको कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताको नेतृत्वमा पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याए। वर्गीय, जातीय र क्षेत्रीय विभेदको अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले त्यसैको आधारमा समाजवादी हुँदै वैज्ञानिक समाजवादतर्फ अघि बढ्न सकिने धारणा राखे।

कार्यक्रममा झलनाथ खनालको पुस्तक विमोचन गरिएको थियो भने विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ३ : ५९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री