कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त « Khabarhub

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए ।

बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ । 

 प्रदेशसभा सदस्यका स्वकीय सचिवको पारिश्रमिक रोकिएकै मितिदेखि नियमित गर्ने निर्णय भएको र प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको मन्त्री पाठकले बताए।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ४ : ५८ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद