रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ? « Khabarhub

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले अझै शपथ ग्रहण गरेका छैनन्।

गत शुक्रबार महाधिवेशन सम्पन्न भए पनि आइतबार र सोमबारसम्म उनीहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छैन। पार्टी स्रोतका अनुसार यसै साताभित्र शपथ ग्रहण गराउने तयारी भए पनि हालसम्म आधिकारिक मिति सार्वजनिक गरिएको छैन।

पार्टी सभापति रवि लामिछानेले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्। महाधिवेशनबाट निर्वाचित उपसभापतिद्वय स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, निशा डाँगी र असिम शाहले भने अझै शपथ लिन बाँकी छ।

रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारी रहने व्यवस्था छ। निर्वाचित पदाधिकारीबाहेक बाँकी पदाधिकारी सभापति लामिछानेले मनोनयन गर्नेछन्।

स्रोतका अनुसार निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएपछि पार्टीको पहिलो सचिवालय बैठक बस्नेछ। सोही बैठकबाट बाँकी पदाधिकारी मनोनयन तथा सचिवालय विस्तारको प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ५ : २१ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध