अर्थसंक्षेप : नारामा आत्मनिर्भरता तर वर्षेनी अरबौँको धान चामल आयात, १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्रीको दाबी र भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन सहयोग « Khabarhub

अर्थसंक्षेप : नारामा आत्मनिर्भरता तर वर्षेनी अरबौँको धान चामल आयात, १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्रीको दाबी र भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन सहयोग


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८ दशमलव ५ प्रतिशत मात्रै भएको बताए । जुन पछिल्लो १२ वर्षमा भन्दा सानो बजेट भएको उनले बताए ।

अस्पताल भवन निर्माण अलपत्र

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ । संघीय सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारामा सो दिवस मनाउने घोषणा गरेको छ ।

तर, सरकारले दुई दशकदेखि धान दिवस मनाउँदै आएपनि धान, चामल, धानको बिउमा भने राज्य परानिर्भर बन्दै गएको देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा नेपालमा १८ अर्ब ९५ करोड २४ लाख ७८ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ ।

साथै, सो अवधिमा १७ अर्ब २३ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको धान र १ अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँको धानको बिऊ आयात भएको थियो ।

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ०६ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका