सुरक्षा परिषद्को बैठक : सुनसरी घटनाबारे छलफल हुने  « Khabarhub

सुरक्षा परिषद्को बैठक : सुनसरी घटनाबारे छलफल हुने 


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । सुरक्षा परिषद्को बैठकमा सुनसरीमा भएको घटनाबारे छलफल तथा अहिलेसम्मको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ । 

सुनसरीमा आइतबार बेलुकादेखि दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भइसकेको छ भने २४ जना घाइते भएका छन्। २४ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सुरु भएको भनिएको सुरक्षा परिषद्को बैठकमा उपस्थित हुन विभिन्न व्यक्तिहरू पुगिसकेका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सुरक्षा परिषद्को बैठक प्रधानमन्त्रीले नै बोलाएका हुन् । 

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री सुदन गुरुङ , परराष्ट्रमन्त्री शिशिर खनाल ,अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव उपस्थित छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १२ : १४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी