संसदमा प्रतिपक्षीले सोधे ‘सरकार कहाँ छ ?’ « Khabarhub

संसदमा प्रतिपक्षीले सोधे ‘सरकार कहाँ छ ?’


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले सरकार कहाँ छ भन्ने प्रश्न उठाएका छन् । संसदमा बोल्ने क्रममा उनीहरूले पछिल्लो समयमा सुनसरीमा देखिएको घट्नामा सरकारको भूमिकाको विषय उठाएका हुन् ।

नेपाली कांग्रेसकी सांसद बासना थापाले एकजना युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् । 

‘के तपाईँले लगाएको कालो चस्माले मृत्यु र पीडाको रंग पनि फरक–फरक देखिन्छ र’, उनले प्रश्न गर्दै होइन, ‘नेतृत्व केबल प्रशासन चलाउने मात्रै होइन, नेतृत्व भनेको संकटका बेलामा राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि हो ।’

प्रधानमन्त्रीको मौनताले नागरिकमा भरोसा हराएको पनि उनले बताइन् ।

एमालेकी सांसद पद्माकुमारी अर्यालले सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिन पर्छ कि पर्दैन भनेर प्रश्न गरिन् । 

साथै, उनले अरुलाई फौजदारी अभियोग लगाउँदा सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिने कि नलिने भनेर प्रश्न उठाइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि संसदमा बोल्दै सरकार कहाँ छ भनेर प्रश्न उठाए । सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको तर, प्रधानमन्त्री संसदमा आएर देशबासीलाई जानकारी दिनुपर्नेमा त्यसो नगरेको बताए ।

‘तर, विडम्बना हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न संसद्लाई जानकारी छ, न कसैलाई जानकारी छ’, उनले भने । 

श्रम संस्कृति पाटीका सांसद आर्यन राईले पनि देशमा हिंसा भइरहेको बेलामा सरकार बेखबर भएको भन्दै अँध्यारो कोठाबाट निस्कनुपर्ने बताए ।

‘देशमा आज जताततै हिंसा हुने अवस्था छ, तर, सरकार बेखबर छ, सरकार कहाँ छ भनेर म सोध्न चाहन्छु, सायद यो लाइभ हेरिरहनुभएको छ भने म यहाँबाट सरकारलाई हात हल्लाएर सोध्न चाहन्छु सरकार तपाईँ अब निस्कनुपर्छ’, राईले भने ।

अन्धकार कोठामा बसेर दूरबिन लगाएर देश ठिक छ भन्न नपाइने पनि उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रास्वपाले सुनसरी घटनाको सन्दर्भमा निकालेको विज्ञप्ति अमूर्त भएको भन्दै उक्त घटनामा बोलबम यात्रामा निस्किएका युवा मारिएको जिकिर गरिन् ।

उनले सर्वदलीय बैठकमा पनि अर्थमन्त्री सहभागी भएको उचित जवाफ दिन नसकेको बताइन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १२ : १९ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक