सदनमा खोजी हुँदा बालेनले सिंहदरबारमै राखे सुरक्षा परिषद्को बैठक  « Khabarhub

सदनमा खोजी हुँदा बालेनले सिंहदरबारमै राखे सुरक्षा परिषद्को बैठक 


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भइरहेको छ । 

प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले गृहमन्त्री र प्रधानमन्त्रीको खोजी गरिरहँदा उनीहरू सुरक्षा परिषद्को बैठकमा छन् । 

सुनसरी घटनामा सरकार अभिभावक नबनेको र पछिल्लो अवस्थाका विषयमा चुप लागेर बसेको भन्दै प्रतिपक्षीले आलोचना गरिरहँदा प्रधानमन्त्री बालेन्द्रले सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । 

प्रधानमन्त्रीको सचिवालय सदस्य दीपा दाहालका अनुसार भर्खरैबाट सिंहदरबारमा सुरक्षा परिषद्को बैठक सुरु भएको छ । 

प्रतिपक्षी दलले आज सदनमा उपस्थित भएर प्रधानमन्त्रीले पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा जानकारी दिने माग राखे पनि प्रतिनिधि सभा बैठकमा उनी उपस्थित हुने सम्भावना न्यून रहेको देखिन्छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ भन्ने प्रश्नमा बालेनको सचिवालय सुरक्षा परिषद्को बैठक बसिरहेकाले यसै भन्न सक्ने अवस्था नरहेको बताउँछ। 

हिजो प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल सहित अरु नेताहरूले पनि सभामुखलाई आजको सदनमा उपस्थित भएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

त्यसपछाडि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटेर प्रतिपक्षीको मागको विषयमा कुरा गर्दा उनले विचार गर्ने कुरा राखेको सभामुखको सचिवालय बताउँछ ।

तर आज प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक सुरु समयमै सुरक्षा परिषद्को बैठक जुधाएर बहाना बनाएको देखिन्छ ।

प्रतिनिधिसभा बैठकमा निरन्तर प्रतिपक्षीले राज्य अभिभावकविहीन बनेको आरोप लगाइरहेका छन्।
 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १२ : २५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा