स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ « Khabarhub

स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई सोधपुछ गरेको छ।

सीआईबीले निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषयमा जानकारी लिन महतोलाई बोलाएर सोधपुछ गरेको जनाएको छ।

विशेषगरी स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानी-नोक्सानी पुर्‍याएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा महतोसँग बयान तथा जानकारी लिइएको सीआईबी स्रोतले जनाएको छ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले महतोलाई सोधपुछ गरिएको पुष्टि गरेका छन्। 

यद्यपि, उनले अनुसन्धान जारी रहेकाले यसबारे थप विवरण खुलाउन नमिल्ने बताएका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १ : १० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको