नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो « Khabarhub

नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको छ ।
  
त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । 

उनका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ वटा अस्पतालमा चिकित्सकको सिफारिसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइदै आएको छ । हाल नेपालगञ्जमा ३१, कोहलपुरमा नौ र खजुरामा दुई अस्पताल छन् । 

बाँकेका विभिन्न अस्पतालमा बिरामीका चाप बढ्दै जाँदा रगतको माग पनि बढी रहेको जानकारी दिँदै प्रमुख रेग्मीले लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका अस्पतालका बिरामीका लागि पनि रगतको माग रहेको बताए ।
 
उनले भने, ‘ब्लड डोनेसन’ कम भएको छ यसले हामीलाई थेग्न नसक्ने अवस्था आएको छ ।’ लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका अनुसार नेपालगञ्जमा १०१ पिन्ट, कोहलपुरमा ६२ पिन्ट र खजुरामा १७ पिन्ट रगत मौज्दात रहेको छ । 

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, नेपालगञ्जबाट आर्थिक वर्ष २०८२८३ मा २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ ।

बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि यहाँस्थित विभिन्न अस्पताल आउने भएकाले पनि जिल्लामा सुरक्षित, गुणस्तरीय र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता बर्सेनि बढ्दै गएको रेग्मीले बताए ।

केन्द्रका तर्फबाट विभिन्न सङ्घ, संस्था र व्यक्तिलाई रक्तदान बढाउन आग्रह गर्दै उनले त्यस्ता संस्थाले कार्यतालिका बनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । 

नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा एकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा एकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ ।

स्वास्थ्य सेवा विस्तारसँगै रक्तदानप्रति नागरिकको सहभागिता बढाउन र आवश्यक समयमा पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न सचेतनामूलक तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १ : २९ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ