फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास « Khabarhub

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धार प्रयास जारी छ।

अविरल वर्षा र कठिन भौगोलिक परिस्थितिका बीच नेपाली सेनासहितको उद्धार टोली रातभर घटनास्थलमा खटिएर खोज तथा उद्धार कार्यमा जुटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

रातको अँध्यारो र प्रतिकूल मौसमका कारण उत्पन्न जोखिमलाई कम गर्न घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ।

फ्लडलाइटको उज्यालोमा उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको छ।

घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबीसहितका भारी एक्स्काभेटर परिचालन गरिएको छ।

एक्स्काभेटरको प्रयोगबाट बाटो खोल्ने तथा पुरिएका सम्भावित स्थानसम्म पुग्ने प्रयास भइरहेको छ।

उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ र विशेष मोनिटरको प्रयोग गरी सुरुङभित्र तथा सम्भावित स्थानमा सूक्ष्म रूपमा खोजी गरिरहेको छ।

यसैगरी, प्राविधिक टोलीहरू आपत्कालीन उद्धार उपकरण र प्राथमिक उपचार सामग्रीसहित घटनास्थलमा खटिएका छन्। ।

विभिन्न उद्धार टोलीबीच स्थलगत समन्वय गर्दै उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  २ : ०३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस