भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी « Khabarhub

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना व्यक्तिहरूको काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका घाइतेहरूलाई भदौ १० गतेदेखि भदौ १४ गतेसम्ममा अस्पताल ल्याई भर्ना गरिएको जनाएको हो ।

केन्द्रकाअनुसार सबैभन्दा धेरै घाइतेहरू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।

त्यस्तै, वीर, परोपकार प्रसूति गृह, नेपाल प्रहरी अस्पताल, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको केन्द्रले जनाएको छ ।  
 

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  २ : ०८ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास