त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन « Khabarhub

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर र इन्जिनियहरूको उद्धारमा सफलता हात लागेको छ।

नेपाली सेनाका इन्जिनियरले सुरुङ भेट्टाउन ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथै सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

यो टोलीले आइतबार दिउँसो २ बजे सुरङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २×३ फिटको प्वाल बनाइसकेको छ।

डोरीको सहायताले (र्‍यापेल गरेर) उद्धार टोली तल सुरुङको प्वालमा झरेको छ। उद्धार टोलीले सुरुङको प्वालमा पुगेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन ।

भित्र थुनिएकाहरूले कुनै प्रतिक्रिया नदिएपछि उद्धारलाई थप तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम चलिरहेको छ।

सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएपछि माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारले गति लिने विश्वास छ ।

सुरुङभित्र फसेकाहरूको जीवनरक्षाका लागि आवश्यक हावा तथा अक्सिजन उपलब्ध गराउने काम पनि भइरहेको छ। तर भित्रबाट कुनै प्रतिक्रिया नआउँदा संशय पैदा भएको छ।

यसअघि नै भर्टिकल होलमार्फत सुरुङभित्र अक्सिजन पठाइएको छ। यसका साथै प्राविधिक टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धारको पूर्वतयारीका रूपमा विभिन्न माध्यमबाट सम्पर्क र पहुँच स्थापित गर्ने प्रयासमा छ ।

आयोजनास्थलसम्म पुग्ने सडक बाढीले अवरुद्ध पारेपछि उद्धार तथा पहुँच निर्माण थप चुनौतीपूर्ण बनेको थियो। नेपाली सेनाले नुवाकोटको बट्टारसम्म स्काभेटर तथा डोजर पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : ०४ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र