इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा « Khabarhub

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार राति ९:२५ बजेको साइतमा ढालिएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको आठ दिन लामो इन्द्रजात्रा इन्द्रध्वजपातन गरेसँगै समापन भएको गुठी संस्थानले जनाएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबार क्षेत्र पुगेर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए। टीका-प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ। मंगलबार दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरेका थिए। यो इन्द्रजात्राको अन्तिम रथयात्रा हो।

इन्द्रजात्राका अवसरमा असोज १० गते माथिल्लो टोल र मुख्य दिन असोज ९ गते तल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।

इन्द्रध्वजपातनपछि लिङ्गोलाई घिसारेर टेकु दोभानस्थित वाग्मती किनारमा लगेर सेलाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि जात्राको प्रक्रिया सुरु हुने गर्छ। वनयात्रा, रुख कटान र लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिन्छ।

इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ भने जात्रामा रथयात्राको चलन राजा गुणकामदेवले चलाएका हुन्। इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेका थिए।

वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको असोज ९ गते विधिपूर्वक पूजाआजा गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दशअवतार, पुलुकिसी र रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएका थिए। इन्द्रजात्राको अन्तिम दिन हनुमानढोकामा इन्द्रको पूजाआजा र जीवित देवी कुमारीको दर्शनका लागि भक्तजनको घुइँचो लागेको थियो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : २८ बजे

परराष्ट्रमन्त्री असोज १४ गते स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त