यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो « Khabarhub

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले क्रोएसियामाथि ४–१ को सहज जित निकालेको छ।

सेभियास्थित रामोन सान्चेज पिजहुआन रंगशालामा भएको खेलमा स्पेनलाई जिताउन लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक–एक गोल थपे। क्रोएसियाका लागि डियन ड्रेना बेलजोले फर्काएको एक गोल सान्त्वनामै सीमित बन्यो।

खेलको दोस्रो मिनेटमै यामालले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर २८औं मिनेटमा क्रोएसियाका बेलजोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि अर्थात् ३१औं मिनेटमा पुबिलले यामालको पासमा गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि दबाब बनाएको स्पेनका लागि ६३औं मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा निको विलियम्सले चौथो गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै ६ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ । पराजित क्रोएसिया तेस्रो स्थानमा छ। स्पेनको यो लगातार ४०औं खेलको अपराजित यात्रा हो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : ४३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का