काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार बिहान स्वदेश फर्कदै छन्।
मन्त्री खनाल स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रेस ब्रिफिङको आयोजना गरिएको छ। बुधबार बिहान विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया कक्षमा उक्त ब्रिफिङ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
ब्रिफिङका क्रममा मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभा, महासभाका अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम तथा द्विपक्षीय बैठकहरूमा नेपालको सहभागिता र हासिल भएका उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराउनेछन्।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मीलाई अनुरोध गरेको छ।














प्रतिक्रिया