काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने « Khabarhub

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी दिने भएकी छन् । 

अहिले विशेष महाधिवेशनबाट पनि भुसाल उपसभापति छिन् । भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी खबरहबलाई दिइन् । 

पार्टीमा महिला सहभागिता समावेशिता र स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो उम्मेदवारी रहने बताएकी छिन् । 

उनले सर्वसहमति भएको खण्डमा पनि ठिकै हुने र नभएको खण्डमा पनि निर्वाचनमार्फत आफू प्रक्रियामा सहभागी हुने जानकारी दिएकी छन् । 

कांग्रेस महिला उपसभापतिका लागि अहिलेसम्म कसैले दाबी गरेको देखिँदैन । सहममन्त्रीमा भने डिना उपाध्यायले दाबी गरेको देखिन्छ ।

‘मैले उपसभापति पदमै दाबी गर्ने निर्णय गरेको छु । सर्वसहमतिमा भयो भने पनि स्वीकार्य छ नभएको खण्डमा निर्वाचन प्रक्रियामा पनि भाग लिन्छु तर मलाई नै सर्वसहमति गर म बाहेक अरु विकल्प हुँदैन भन्ने मेरो दाबी रहँदैन किनभने कांग्रेस लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक प्रक्रियामा सबैले सहभागिता जनाउन पाउनुहुन्छ ।’ भुसालले खबरहबलाई भनिन,’मेरो अनुभव र दक्षताले यो पदलाई डिजर्भ गर्छ भन्ने बुझेको छु । साथीहरूबाट पनि निरन्तरताको शुभकामना आएको छ। तर निरन्तरता भन्दा पनि मेरो दाबी छ ।’

भुसाल कांग्रेसमा वैचारिक नेतृत्वमा चिनिन्छिन् । कानुन विषयमा समेत जानकार उनी विशेष महाधिवेशन अगाडिबाट नै गगन थापालाई दरिलो साथ दिँदै आएकी व्यक्ति हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : ४० बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण