काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी दिने भएकी छन् ।
अहिले विशेष महाधिवेशनबाट पनि भुसाल उपसभापति छिन् । भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी खबरहबलाई दिइन् ।
पार्टीमा महिला सहभागिता समावेशिता र स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो उम्मेदवारी रहने बताएकी छिन् ।
उनले सर्वसहमति भएको खण्डमा पनि ठिकै हुने र नभएको खण्डमा पनि निर्वाचनमार्फत आफू प्रक्रियामा सहभागी हुने जानकारी दिएकी छन् ।
कांग्रेस महिला उपसभापतिका लागि अहिलेसम्म कसैले दाबी गरेको देखिँदैन । सहममन्त्रीमा भने डिना उपाध्यायले दाबी गरेको देखिन्छ ।
‘मैले उपसभापति पदमै दाबी गर्ने निर्णय गरेको छु । सर्वसहमतिमा भयो भने पनि स्वीकार्य छ नभएको खण्डमा निर्वाचन प्रक्रियामा पनि भाग लिन्छु तर मलाई नै सर्वसहमति गर म बाहेक अरु विकल्प हुँदैन भन्ने मेरो दाबी रहँदैन किनभने कांग्रेस लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक प्रक्रियामा सबैले सहभागिता जनाउन पाउनुहुन्छ ।’ भुसालले खबरहबलाई भनिन,’मेरो अनुभव र दक्षताले यो पदलाई डिजर्भ गर्छ भन्ने बुझेको छु । साथीहरूबाट पनि निरन्तरताको शुभकामना आएको छ। तर निरन्तरता भन्दा पनि मेरो दाबी छ ।’
भुसाल कांग्रेसमा वैचारिक नेतृत्वमा चिनिन्छिन् । कानुन विषयमा समेत जानकार उनी विशेष महाधिवेशन अगाडिबाट नै गगन थापालाई दरिलो साथ दिँदै आएकी व्यक्ति हुन् ।














प्रतिक्रिया