अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक « Khabarhub

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ।

बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्। अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन क्षमता तथा व्यापारिक सम्बन्धका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताउनुभएको छ। उहाँका अनुसार विश्वका विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन्।

अमेरिकाले चीन, भारत र युरोपेली संघसहित विभिन्न व्यापारिक साझेदारमाथि भन्सार शुल्क लगाएको छ। केही देशमा जबर्जस्ती श्रम तथा अत्यधिक औद्योगिक उत्पादन क्षमतासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको अमेरिकी पक्षले जनाएको छ।

चीनले भने आफ्नो निर्यातलाई लिएर उठाइएका चिन्तालाई अस्वीकार गर्दै आएको छ। चीनले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यका वस्तुको निर्यातले विश्व बजारलाई लाभ पुगेको बताउँदै आएको छ।

यसैबीच, क्यानडा र युरोपेली संघले अमेरिकाबाहेक अन्य देशसँग पनि व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। क्यानडाले खुला, पूर्वानुमान गर्न सकिने र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीप्रति आफ्नो समर्थन दोहोर्‍याएको छ।

विश्लेषकहरूले भन्सार नीतिसम्बन्धी मतभेदका कारण बैठकमा महत्वपूर्ण विषयमा सहमति जुटाउन चुनौती हुन सक्ने बताएका छन्।

जी–२० को अध्यक्षता यस वर्ष अमेरिकासँग रहेको छ। जी–२० मा १९ देशका साथै युरोपेली संघ र अफ्रिकी संघ सहभागी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : २८ बजे

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक