अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन « Khabarhub

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जबाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक सदनमा पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले कम्पनीको प्राथमिक सेयर निष्कासन अनुमति दिनुअघि पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात र प्रतिफलका आधारमा स्तरीकरण तथा प्रमाणीकरण गर्न र संस्थापक सेयरधनीले धारण गर्नुपर्ने स्वामित्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ भने नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम प्रविधि र डेटा प्रणालीमा बेलाबेला आउने अवरोधले लगानीकर्ता तथा सरकारी राजस्वमा समेत हानि पुगेकाले प्रविधिको स्तरोन्नति र साइबर सुरक्षाको उच्च प्रत्याभूति गर्न अर्थ मन्त्रालय, बोर्ड र नेप्सेलाई निर्देशन दिइएको समिति सभापति कृष्णहरि बुढाथोकीले बताए ।

दोस्रो बजारमा मिलोमतोमा गरिने किनबेच, आपूर्ति नियन्त्रण, कृत्रिम अभाव वा माग सिर्जना गरी मूल्य बढाउने जस्ता विकृति रोक्न सघन निगरानी राखी संलग्न व्यक्ति वा कम्पनीलाई तत्काल कारबाही गर्न बोर्ड र नेप्सेलाई निर्देशन दिइएको उनले जानकारी दिए । 

साथै बैठकले नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति प्रक्रिया तत्काल अगाडि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : २८ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था