धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ « Khabarhub

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाउने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट बोर्डलाई पत्र प्राप्त भएको भन्दै अर्को सातादेखि नेप्सेको सञ्चालक समितिसँग छलफल गरी बोर्डको तर्फबाट पुनर्संरचना प्रक्रिया अगाडि बढाइने बताए  । 

दोस्रो बजार सुधारको प्रमुख आधार नेप्सेको सुधार नै भएको उनको भनाइ छ । उनले विगतमा नेप्सेलाई नियामकीय निर्देशनहरू पर्याप्त रूपमा नदिइएको स्थिति रहेको भन्दै अब ट्रेडिङ मेकानिजम, अर्डर म्यानेजमेन्ट, साइबर सुरक्षा, तथा आइटी पोलिसी लगायतका क्षेत्रहरू समेटेर ३१–३२ वटा रेगुलेसनहरू तयार गरिसकेकाले क्रमशः जारी गरिने जानकारी दिए ।

मन्त्रालयको २१ बुँदे निर्देशनअनुसार सिडिएससीलाई पोस्ट–ट्रेड कार्यहरूका लागि थप प्रभावकारी बनाउनुका साथै यसको आइटी प्रणाली विकास गरिने उनले बताए । 

उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अब पुँजी बजारमा आईपीओ अनुमतिदेखि अन्य सम्पूर्ण नियमन प्रक्रिया ’जोखिममा आधारित सुपरीवेक्षण र नियमन’ प्रणालीअनुसार अघि बढाइने धारणा राखे । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ४३ बजे

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक