धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ « Khabarhub

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाउने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट बोर्डलाई पत्र प्राप्त भएको भन्दै अर्को सातादेखि नेप्सेको सञ्चालक समितिसँग छलफल गरी बोर्डको तर्फबाट पुनर्संरचना प्रक्रिया अगाडि बढाइने बताए  । 

दोस्रो बजार सुधारको प्रमुख आधार नेप्सेको सुधार नै भएको उनको भनाइ छ । उनले विगतमा नेप्सेलाई नियामकीय निर्देशनहरू पर्याप्त रूपमा नदिइएको स्थिति रहेको भन्दै अब ट्रेडिङ मेकानिजम, अर्डर म्यानेजमेन्ट, साइबर सुरक्षा, तथा आइटी पोलिसी लगायतका क्षेत्रहरू समेटेर ३१–३२ वटा रेगुलेसनहरू तयार गरिसकेकाले क्रमशः जारी गरिने जानकारी दिए ।

मन्त्रालयको २१ बुँदे निर्देशनअनुसार सिडिएससीलाई पोस्ट–ट्रेड कार्यहरूका लागि थप प्रभावकारी बनाउनुका साथै यसको आइटी प्रणाली विकास गरिने उनले बताए । 

उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अब पुँजी बजारमा आईपीओ अनुमतिदेखि अन्य सम्पूर्ण नियमन प्रक्रिया ’जोखिममा आधारित सुपरीवेक्षण र नियमन’ प्रणालीअनुसार अघि बढाइने धारणा राखे । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ४३ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई